Logo

राप्रपाका केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या



सर्लाही, ७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।

गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका १ रतनपुरस्थित निवासमै ७५ वर्षीय रायको हत्या भएको हो ।

प्रहरीकाअनुसार टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा आफ्नै निवासमा उहाँ मृत भेटिनुभएको हो ।

उहाँको राति ११ बजे धारिलो हतियार प्रहार गरी घरमै हत्या भएको थियो। प्रहरीले मुचुल्का उठाएर शवलाई मलंगवा अस्पताल पठाएको छ भने थप अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस्