Logo

राप्रपाका केन्द्रीय सदस्य हमाल कारणबिनै पक्राउ, २० घण्टापछि रिहा



काठमाडौं, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रवि किरण हमालले प्रहरीले आफूलाई बिना कारण पक्राउ गरेको बताएका छन्।

उनले मंगलबार विज्ञप्ति जारी गर्दै प्रहरीलाई आफूलाई बिना कारण सोमबार लाजिम्पाटबाट पक्राउ गरेर मंगलबार छाडेको बताएका छन्।

आफूलाई सोमबार साँझ ६ बजे पक्राउ गरेर मंगलबार दिउँसो २ बजे छाडिएको उनले बताएका छन्। पक्राउको कारण सोध्दा प्रहरीले माथिको आदेश भनेर जवाफ दिएको पनि उनले बताएका छन्।

‘मिति २०८२ साल जेठ १२ गते काठमाडौं, लाजिम्पाटबाट नेपाल प्रहरीले मलाई गिरफ्तार गरेर अपराध अनुसन्धान कार्यालय काठमाडौँ राखेको थियो। बेलुका ६ बजे पक्राउ गरिसकेपछि मलाई उक्त कार्यालयमा लिएर राखिएको थियो। मलाई पक्राउ गर्नुको कारणबारे प्रहरी अधिकृत समक्ष सोधपुछ गर्दाखेरि माथिको आदेश अर्थात् प्रधानमन्त्रीको आदेशमा पक्राउ गरिएको जानकारी प्राप्त गरेँ,’ उनले भनेका छन्।

 

प्रतिक्रिया दिनुहोस्