काठमाडौं, २ श्रावण । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष गिरीलाई पदमुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।
उपाध्यक्ष गिरिसहित चार चार पदाधिकारीले साझा विज्ञप्ति निकाल्दै पार्टीको शीर्ष तहमा भएको सहमति विपरित नवराज सुवेदीलाई अनुशासन समितिको संयोजकबाट हटाइएको भन्दै अध्यक्ष लिङदेनको चर्को आलोचना गरेका थिए। अध्यक्षको कार्यशैलीको कारणले पार्टीमा क्षति पुगेको उनीहरुको निष्कर्ष थियो ।
पार्टीको नीति-सिद्धान्त विपरीत कुनै अभिव्यक्ति नदिनू: अनुशासन समिति
पार्टीको राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको नीति सिद्धान्त र हित विपरीत हुने गरी कुनै पनि लिखित वा मौखक अभिव्यक्ति नदिन तथा त्यस्ता क्रियाकलाप पनि नगर्न भनेको छ । आज बसेको समितिको बैठकले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई यस विषयमा सचेत गराउने निर्णय गरेको हो ।
अध्यक्ष राजेन्द्र लिङदेनले अनुशासन समितिको अध्यक्षबाट नवराज सुबेदीलाई हटाएर रोशन कार्कीलाई नियुक्त गरेपश्चात पहिलो वैठक बसेको हो । कार्कीको अध्यक्षतामा बसेको वैठकमा समितिका तीन सदस्यहरु प्रदीप उदय, भक्तिप्रसाद सिटौला र राजु बस्नेतको उपस्थिति थियो । वैठकले पार्टीकी उपाध्यक्ष कार्कीलाई समितिको अध्यक्ष मनोनयन गरेकोमा अध्यक्ष लिङदेनलाई धन्यवाद दिएको छ ।
हिजो मात्रै राप्रपाका चारजना पदाधिकारीले पार्टी नेतृत्वको आलोचना गर्दै विज्ञप्ति जारी गरेका थिए । यसअघि पार्टीको संस्थापनइतर समूहले नवराज सुबेदीलाई अनुशासन समितिबाट हटाइएको विरोधमा निर्वाचन आयोगमा उजुरी दिएको छ । यसैबीच, अध्यक्ष लिङदेनले आज पार्टीका उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट मुकुन्दश्याम घिमिरेलाई बर्खास्त गरेका छन् । अरु नेताहरु पनि कारवाहीमा पर्न सक्ने जनाइएको छ ।