काठमाडौँ, २४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ । राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ ।
उक्त बैठकले चुनावी समीक्षासमेत गर्ने बताइएको छ ।







