काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आजबाट सुरू हुँदैछ ।
हिजो बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आजदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि अजेन्डा तय गरिएको छ । केन्द्रीय समिति बैठक भोलिसम्म जारी रहने जनाइएको छ ।
बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षालगायत विविध एजेन्डा र कार्ययोजनामाथि छलफल हुने प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुुभयो ।