Logo

राप्रपाको निष्कर्ष– वर्तमान व्यवस्था असफल भएको थप पुष्टि भयो



काठमाडौं, २ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान व्यवस्थाबारे आफ्नो पार्टीले पटक पटक उठाउँदै आएको प्रश्न थप मजबुत बनेको निष्कर्ष निकालेको छ ।

वर्तमान नेतृत्व र उसले ल्याएको व्यवस्था असफल भइसकेको उद्घोष आफूहरूले पहिल्यै गरेको र पछिल्लो जेनजीहरूको प्रदर्शनले त्यो विषयलाई थप पुष्टि गरेको राप्रपाले बताएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले अहिलेकै संविधानबाट मुलुकलाई अघि बढाउन खोज्नु फेरि पनि असफलतातिर धकेल्नु हो भन्ने निष्कर्ष निकालेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनुभयो ।

‘अब भविष्यमा देशमा थप धनजनको क्षति हुन नदिन, देशलाई दीर्घकालिन द्वन्द्वमा जानबाट जोगाउन, भूराजनीतिक चक्रव्यूह र वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाएर नेपालको निर्णायकत्व नेपाली जनताको हातमा राख्न सबै राजनीतिक शक्तिहरूकाबीचमा नविन समझदारी आवश्यक छ,’ राप्रपाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्