काठमाडौँ, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँमा गरेको प्रदर्शनमा झडप हुँदा २५ जना घाइते भएका छन् । तीन जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार घाइते हुनेमा १८ जना प्रदर्शनकारी छन् भने सात जना सुरक्षाकर्मी छन् ।
उनका अनुसार झडपमा प्रदर्शनकारीले ढुङ्गा हान्ने र निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजपछि प्रहरीले कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।
सरकारसँग राखेका ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले मङ्गलबार प्रदर्शन गरेको हो ।