काठमाडौं, १५ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा समानुपातिकतर्फ दर्ता गरेको बन्द सूचीमा खस–आर्य महिलातर्फ खुस्बु ओलीलाई पहिलो नम्बरमा राखेको छ। पार्टीले निर्वाचन आयोगमा पेस गरेको ११० जनाको सूचीमा ओलीलाई उच्च प्राथमिकताका साथ समावेश गरिएको हो।
झापा सुरुंगाकी ओली पेशाले मोडल भए पनि पछिल्ला वर्षहरूमा काठमाडौँमा संचालन गर्दै आएकी संस्थाहरू — ‘सपना आमाघर’ र ‘सेल्टर आश्रय’ मार्फत समाजसेवामा सक्रिय रहेकी छिन्। उनी केही वर्षअघिको व्यक्तिगत सम्बन्धसम्बन्धी चर्चाका कारण सार्वजनिक चासोमा आएको भए पनि हाल उनी राप्रपामार्फत औपचारिक राजनीतिमा सक्रिय भएको बताइएको छ।
राप्रपाले सूचीमा समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिएको दाबी गर्दै विभिन्न समुदाय र क्षेत्रीय सन्तुलनअनुसार उम्मेदवार चयन गरेको जनाएको छ।
हेर्नुहोस् राप्रपाको समानुपातिक सूची :













