Logo

राप्रपामा अनुशासन कारबाही: उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्य पदमुक्त



काठमाडौं, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षले पार्टीका दुई नेतामाथि अनुशासनात्मक कारबाही गरेका छन्।

पार्टीका उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई पदबाट हटाउँदै साधारण सदस्य मात्र रहने गरी पदमुक्त गरिएको हो।

अध्यक्ष राजेन्द्र लिङदेनद्वारा जारी विज्ञप्तिमा पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा उनीहरूलाई कारबाही गरिएको उल्लेख गरिएको छ।

पार्टी स्रोतका अनुसार दुवै नेताले पार्टीविरुद्ध नकारात्मक प्रचार र अफवाह फैलाउने काम गरेको आरोप लागेको छ। पार्टीको अनुशासन कायम राख्न यस्तो कदम चालिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्