Logo

राप्रपाले तोक्यो प्रदेश संयोजक



काठमाडौँ, २० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सुदृढीकरणका लागि सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोकेका छन् ।

पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको ‘नवीन राप्रपा-२०८०’ को कार्ययोजना कार्यान्वयन गर्न लिङ्देनले सात वटै प्रदेशमा प्रदेश संयोजक तोकेका हुन् ।

उपाध्यक्ष रोशन कार्कीलाई कोशी प्रदेश संयोजक, उपाध्यक्ष बुद्धिमान तामाङलाई मधेश, विक्रम पाण्डेलाई बागमती र उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई गण्डकी प्रदेशको संयोजक तोकिएको छ ।

यस्तै रवीन्द्र मिश्रलाई लुम्बिनी, उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई कर्णाली र उपाध्यक्ष उद्वव पौडेललाई सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी दिइएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

जिम्मेवारी प्राप्त गरेका संयोजकले छ महिनाभित्र सांगठनिक सुदृढीकरणका कार्यसम्पादन गरी प्रतिवेदन केन्द्रलाई बुझाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्