Logo

राप्रपाले बोलायो कार्यसम्पादन बैठक



काठमाण्डौ, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कोे कार्यसम्पादन समितिको बैठक फागुन १५ गते बस्ने भएको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देशको अन्तर्यबारे छलफल गर्न वैठक बोलाउनुभएकोे हो ।

पूर्वराजाले आफ्नो शुभकामना सन्देशमा ‘देश जोगाउनका लागि आफूलाई साथ दिन’ जनतासँग आह्वान गर्नुभएको थियो । उहाको यस्तो आह्वानपछि राप्रपा नेताहरु उत्साहीत भएका छन् ।

अध्यक्ष राजेन्द्र लिङदेनले राजाको आह्वानबाट समान विचार भएका व्यक्ति र दलहरसँग सहकार्यको बाटो थप खुलेको प्रतिक्रिया दिनुभएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजाको सन्देश तथा अन्य समसामयिक विषयमा छलफलका लागि बैठक बोलाइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्