काठमाडौं, ८ पुस । राप्रपा अध्यक्ष एवं अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख राजेन्द्र लिङ्देनले विभागको सदस्य सचिव र दुई जना सदस्य मनोनीत गर्नुभएको छ ।
उहाले पार्टीको विधानबमोजिम विभागको सचिवमा केन्द्रीय सदस्य सुरेश आचार्य (सुनसरी) र सदस्यमा पार्टीका केन्द्रीय सदस्यद्वय हिक्मत जङ्ग कार्की (स्याङ्जा) र स्वाती थापा (रूपन्देही) लाई मनोननीत गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टीले यही पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन पार्टी अध्यक्ष लिङ्देनको संयोजकत्वमा मूल समारोह समिति गठन पनि गरेको छ।
यसैबीच, पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी माघ ११ र १२ गते काठमाडौं केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। बैठकमा पार्टी सङ्गठन तथा भावी योजनाबारे छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।