Logo

राप्रपा नेपालका चितवन अध्यक्ष खरालको घरमा तोडफोड



चितवन, ४ वैशाख । राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष विष्णुप्रसाद खरालको घरमा तोडफोड भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर-५ स्थित अध्यक्ष खरालको घरमा गएराति तोडफोड भएको राप्रपा नेपालले जनाएको हो । महामन्त्री राजाराम बर्तौलाले चितवन अध्यक्ष खरालको घरमा आक्रमण भएको बताए ।

तोडफोडका कारण खरालको घरका झ्यालका सिसा फुटेका छन् । बर्तौलाले आक्रमणको भर्त्सना गरेका छन् । साथै आक्रमण गर्नेलाई पहिचान गरी कानुनअनुसार कारबाहीको दायरामा ल्याउन उनले स्थानीय प्रशासनसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्