काठमाडौं, २१ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेस (बीपी) का अध्यक्ष सुशीलमान शेरचन नेतृत्वको टोलीबीच शुक्रबार वार्ता भएको छ ।
दुई दलका नेताहरूबीच समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनुभयो ।
राप्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा देशको दीर्घकालीन हित, दिगो शान्ति र स्थिरताका लागि राजसंस्थाको अपरिहार्यताबारे बृहत् कुराकानी भएको श्रेष्ठले जानकारी दिनुभयो ।
विचार मिल्नेहरू एक ठाऊँमा उभिएर दह्रो राष्ट्रवादी शक्ति बनाउनुपर्ने विषयमा छलफल भएको उहाले बताउनुभयो ।
प्रतिनिधिमण्डलमा कांग्रेस बीपीका महामन्त्री देवेन्द्र पौडेल र हेमन्त मल्ल, नेताहरू पूर्वमन्त्री झलकनाथ वाग्ले, जगन्नाथ घिमिरे, टिकेन्द्र कार्की, राप्रपाबाट प्रवक्ता गोपाल दाहाल सहभागी हुनुहन्थ्यो ।