Logo

राप्रपा र राप्रपा नेपालबीच एकता सहमति, पुस १६ गते राष्ट्रिय सभागृहमा घोषणा सभा



काठमाडौं, ९ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकताका लागि औपचारिक सहमतिपत्रमा हस्ताक्षर गरिएको छ।

आज धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुई वाक्यको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

सहमतिपत्रमा “राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति गरेका छौं। एकता घोषणा सभा २०८२ पौष १६ गते राष्ट्रिय सभागृहमा हुनेछ,” उल्लेख गरिएको छ।

सहमतिपत्रमा हस्ताक्षरपछि अध्यक्ष थापा र लिङदेनले एक-अर्कालाई अंकमाल गर्दै एकताको भाव व्यक्त गरेका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्