Logo

राप्रपा संसदीय दलको प्रमुख सचेतकमा शाही नियुक्त



काठमाडौँ, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्रबहादुर शाहीलाई नियुक्त गरेको छ ।

पार्टी संसदीय दलको नेता एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसदीय दलको विधान बमोजिम प्रतिनिधिसभा सदस्य शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख सचेतकको मुख्य भूमिका दल र सभामुखबीच समन्वय गरी सदनमा प्रस्तुत हुने एजेण्डाकाबारेमा सहजीकरण गर्नु हो ।

प्रतिक्रिया दिनुहोस्