Logo

राप्रपा सत्ता केन्द्रित चलखेलमा सामेल छैन: अध्यक्ष लिङ्देन



काठमाडौँ, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सत्ता केन्द्रित चलखेलमा आफूहरू नहुने बताएका छन् ।

वर्तमान समस्याको समाधान सरकार परिवर्तन नभएको भन्दै उनले अहिले सरकारभन्दा पनि अवस्था परिवर्तन आवश्यकता रहेको बताएका हुन् ।

‘मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको आवश्यकता हो । राप्रपा अहिले यही बाटोमा छ’, उनले भने ।

कांग्रेससँगको सत्ता गठबन्धनलाई तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै एमाले, रास्वपा र जसपासहितको नयाँ गठबन्धन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्