काठमाडौँ, २१ जेठ । गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘आफ्नै छायाँले’ गीतको भिडियो आस्था मिडियाको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ ।
गितकार दिलिप योञ्जन तामाङको शब्द र राजेश थापाको संगीतमा रहेको गीतको अडियोलाई विन्दाबासिनी म्युजिकले बजारमा ल्याएको थियो ।
गीतको अडियोलाई मिक्सिङ र मास्टरीङ किशोर थापाले गरेका छन् ।
गीती संग्रहको आवरण डिजाईन भने अनिल स्थापितले गरेका छन् । ‘आफ्नै छायाँले’ गीतको भिडियोमा अजय रेग्मीले छायाकन गरेका छन भने भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका हुन् । सुजन शाहीको सम्पादन रहेको भिडियोमा पुष्पल खड्का, किरण केसी र रुपा कडेँलको अभिनय रहेको छ ।