Logo

रामचन्द्र पौडेलद्वारा पार्टीको सदस्यता त्याग



काठमाडौँ, २८ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको संलग्नता त्यागेका छन् ।

पार्टीको वरिष्ठ नेता रहेका उनी यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

नेता पौडेलले आइतवार कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार्टीको सदस्यबाट अलग भएको जानकारी गराएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्