Logo

रामसहायप्रसाद यादवको उम्मेदवारी खारेज गर्न माग गर्दै एमालेको उजुरी



काठमाडौँ, २७ फागुन । नेकपा एमालेले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ ।

राष्ट्रपतिमा खसआर्य समुदायबाट पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा महिला हुनुपर्ने भन्दै यादवविरुद्ध उजुरी दिइएको हो । यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको एमालेको जिकिर छ ।

एमालेका तर्फबाट उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यका प्रतिनिधि महेश बर्तौलाले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दिएका हुन् ।

चैत ३ गते मतदान हुने उपराष्ट्रपति पदका लागि शनिबार मनोनयन दर्ता सम्पन्न भएको छ । सत्ता साझेदार दलकै तर्फबाट तीन जना र एमालेका एक गरी चार जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्