रामेछाप, ११ मंसिर । एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।
उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कैलाशप्रसाद ढुङ्गेललाई १६ हजार ३ सय ६९ मतान्तरले पराजित गरेका हुन् ।
तामाङले ४७ हजार ९८ मत प्राप्त गरेर निर्वाचित हुँदा ढुङ्गेलले ३० हजार ७ सय २९ मत पाएका छन् ।







