Logo

रामेछापमा बस दुर्घटना हुँदा ९ को मृत्यु, २५ जना घाइते



काठमाडौँ, २१ असार । रामेछापबाट काठमाडौंका लागि हिडेँको बस दुर्घटना हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।

हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा दुर्घटना भएको हो । दुर्घटनामा २५ जना घाइते भएको रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए ।

घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको छ । केहिलाई धुलिखेल अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्