काठमाडौँ, १ जेठ । नेकपा एमालेका निलम्बित सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ । उनको काठमाडौँ जिल्ला अदालतमा म्याद थप गरिने भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी आइतबार बुढानीलकण्ठस्थित आफन्तको घरबाट पक्राउ परेका थिए ।
प्रहरीले आइतबार साँझ पक्राउ गरेका राजमाझीको हिजै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा राखिएको थियो ।







