Logo

रायमाझी संसद सदस्यबाट निलम्बित



काठमाडौँ, १ जेठ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन् ।

काठमाडौँ जिल्ला अदालतले नक्कली भूटानी शरणार्थी प्रकरणमा थुनामा राखेर अनुसनधान गर्न तीनदिनको म्याद थप गरे पछि संसदले उनलाई निलम्बन गरेको हो । वैशाख २० गतेदेखि फरार रहेका रायमाझी आइतवार बुढानिलकण्डबाट पक्राउ परेका थिए । उनलाई आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्