काठमाडौँ, २२ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालसँग भेट गरेका छन् ।
सोमबार बिहान खनाल निवास डल्लु पुगेर नेता पौडेलले भेट गरेको उनको सचिवालयले जनाएको छ ।
उनीहरूबीच राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति लगायत विषयमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ ।
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । राष्ट्रपतिको उम्मेदवारलाई लिएर एकीकृत समाजवादीबीच विवाद छ । उनीहरु कोही पौडेललाई मत दिने पक्षमा छन् त कोही अर्का उम्मेदवार सुवास नेम्बाङलाई मत दिने पक्षमा देखिएका छन् ।