Logo

राष्ट्रपतिका विषयमा प्रचण्डले ओलीसँग आज निर्णायक वार्ता गर्ने



काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज निर्णायक वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले शुक्रबार ओलीसँग निर्णायक वार्ता गर्न लागेका हुन् ।

बिहीबार साँझ सिंहदरबारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीचको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको भन्दै सहमति भने नजुटेको बताइएको छ ।

प्रचण्डले त्यसअघि आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि वार्ता गर्ने भएका छन् । हिजो सिंहदरबारको बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेकोले यस विषयमा कांग्रेससँग पनि छलफल गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्