काठमाडौँ, ५ असोज । नेकपा (एमाले) निकट युवाहरुको संगठन युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा बुधबार प्रदर्शन गरेको छ ।
नागरिकता विधेयक प्रमाणीकरण रोकेकोमा स्वागत गर्दै संघले काठमाडौँको बानेश्वर-माइतीघर सडकमा प्रदर्शन गरेको हो ।
संसदको दुवै सदनले दुई पटक पास गरेर संसद पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण नगरेकी हुन् । आफूले दिएका सुझावलाई संसदले पूरै बेवास्ता गरेको भन्दै उनी असन्तुष्ट थिइन् ।
संविधानमा राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गनुपर्ने व्यवस्था छ ।







