काठमाडौँ, ५ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नागरिकता विधेयक पारित नगर्ने राष्ट्रपतिको कदमविरुद्ध कानुनी उपाय खोजिने बताएका छन् ।
बुधबार काठमाडौँमा पार्टी निकट युवा संघ नेपालको बैठकपछि सञ्चारकर्मीसँग कुरा गदै अध्यक्ष नेपालले संवैधानिक व्यवस्थालाई उलंघन गरेर राष्ट्रपतिले राम्रो काम नगरेको र नजिर पनि राम्रो नबसेको भन्दै कानुनी उपाय खोजिने बताए ।
कानुनी उपाय खोज्नेबारे गठबन्धनमा छलफल भइरहेको पनि उनले बताए । उनले राष्ट्रपतिले अहिले संविधान नै उलंघन गरेका कारण भविष्यमा पनि कानुन उलंघन गर्ने सम्भावना देखिएको तर्क गरे । अध्यक्ष नेपालले नागरिकता विधेयकका विषयमा अध्यादेशमा जान नहुने धारणा पनि राखेका थिए ।







