Logo

राष्ट्रपतिको कर्तव्य र जिम्मेवारीको बारेमा प्रष्टताको आवश्यकता: नेपाल



काठमाडौँ, १८ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवर्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रविन्दुमा राख्नुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौँमा आयोजित आठ दलीय सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपतिको कर्तव्य र जिम्मेवारीको बारेमा प्रष्टताको आवश्यकता रहेको बताए ।

उनले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रविन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बताएका छन् ।

उनले भने, ‘राष्ट्रपतिको कर्तव्य र जिम्मेवारीहरूको बारेमा प्रष्टताको आवश्यकता छ । राष्ट्रिय हितको प्रवर्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको कुरालाई केन्द्रविन्दुमा राख्नुपर्छ । राष्ट्रका सामु अनेकन चुनौतीहरू आइरहेका छन् यसमा ध्यान जानुपर्छ, सबै राष्ट्र शक्तिहरूलाई एकताबद्ध बनाएर जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्