काठमाडौँ, २ भदौ । सांसद हृदयेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकतासम्बन्धी विधेयकको सन्देश निबन्धजस्तो भएको भन्दै कटाक्ष गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलका क्रममा उनले उक्त सन्देशमा प्रस्तुत कुनै धारा वा दफा संविधानविपरीत भन्ने नदेखिएको बताए ।
“सन्देशमा प्रस्तुत कुन दफा या कुन धारा संविधानविपरीत छ भन्ने कुरा पाइएन । संविधानानुसार यो विधेयक अमान्य छ भन्ने पाएको भए छलफल अघि बढ्थ्यो होला । त्यो नभएकाले निबन्धजस्तो लाग्यो । कतिपय भावी, कतिपय विगतजस्तो,” उनले भने ।
उनले संविधान जारी भएको सात वर्षसम्म नागरिकले नागरिकता पाउन नसकेको समेत बताए ।







