Logo

राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको छैन्: खनाल



काठमाडौँ, १० फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताएका छन् ।

बुधवार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन् ।

उनले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराएको बताए । राष्ट्रपति चुनाव देशका लागि महत्त्वपूर्ण एजेन्डा भएको उल्लेख गर्दै उनले आफ्नो पार्टीले पनि यसमा सरोकार राख्ने बताएका छन् ।

नेता खनालले भने, ‘सचिवालय बैठकमा अध्यक्षले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराए । तर राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको भन्नेबारेमा रिपोर्टिङ भएन । त्यसैले हाम्रो पार्टीलाई राष्ट्रपति प्रस्ताव आएको भन्ने बाहिरको हल्लामात्रै रहेछ ।’

प्रतिक्रिया दिनुहोस्