
काठमाडौँ, ११ फागुन । नेपाली काँग्रेसले राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्न आज बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाबीच बुधवार भएको भेटमा निर्वाचन अघिको गठबन्धन व्यूताउने समझदारी भएको बताइएको छ ।
प्रचण्ड र देउवाबीचको सहमतिले काँग्रेस उत्साहित भएको छ । काँग्रेसका नेता वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्न एकमत देखिएका छन् ।







