Logo

राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख



काठमाडौँ, १९ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यमा असहज भइ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।”

राष्ट्रपति पौडेल शनिबार अस्पताल भर्ना भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्