Logo

राष्ट्रपतिमा एमालेले उठाएको उम्मेदवारले जित्छ: अर्थमन्त्री



काठमाडौँ, १० फागुन । उपप्रधान, अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा आफ्नो पार्टीले उठाएको उम्मेदवारले जित्ने दाबी गरेका छन् ।

बुधवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले राष्ट्रपति चुनावमा एमालेले उठाएको उम्मेदवारले जित हासिल गर्ने दाबी गरेका हुन् ।

उनले वर्तमान सरकार बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले त्यही सहमतिको आधारमा एमाले उम्मेदवारले जित्ने बताए । सत्तारूढ गठबन्धनमा भएको भागबन्डाको सहमति कार्यान्वयन हुने उनले बताएका छन् ।

उनले भने, ‘सरकारमा सहभागी दलहरूका बीचमा भएको सहमति नै नेकपा एमालेका तर्फबाट अघि सारेको उम्मेदवारको जितको आधार हो । म के कुरामा विश्वस्त छु भने सरकार गठनको पृष्ठभूमिमा सरकारमा सहभागी, सरकारलाई समर्थन गर्ने दलहरूका बीचमा भएको सहमति कार्यान्वयन हुन्छ । नेकपा (एमाले) का तर्फबाट अघि सारिएको राष्ट्रपतिको उम्मेदवारले सानदार ढङ्गले जित हासिल गर्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्