Logo

राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने



काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज सोमवार बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

साथै  कांग्रेसले राष्ट्रपति चुनाव समयमै हुनेगरी आवश्यक कानुनी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । बैठकले ५ वर्षे कार्यकाल पूरा भएको दिन नयाँ राष्ट्रपति पदबहाली हुने गरी राष्ट्रपति चुनावको तयारी गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

संविधान र ऐनमा यस चुनावबारे केही विरोधाभाष देखिएकाले त्यसलाई हटाइ समयमै राष्ट्रपतिको चुनाव हुने गरी आवश्यक तत्परता देखाउन सरकार र निर्वाचन आयोगलाई सचेत गराइएको पार्टीका सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्