Logo

राष्ट्रपतिमा नेम्बाङलाई भोट माग्दै एमाले नेताहरू पुगे एकीकृत समाजवादीको कार्यालय



काठमाडौँ, १८ फागुन । राष्ट्रपतिमा सुवास नेम्बाङलाई भोट माग्दै एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् ।

राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित पार्टी कार्यालय पुगेका हुन् ।

यही फागुन २५ मा हुने निर्वानका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले सुवास नेम्वाङ मैदानमा छन् । नेकपा एकीकृत समाजवादीले भने कांग्रेसबाट उम्मेदवार रहेका रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्