Logo

राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय



काठमाडौँ, १७ फागुन । नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले नेपाली कांग्रेसका उम्मेदवार पौडेलका पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए ।

बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपति निर्वाचनको सन्दर्भलाई लिएर मंगलबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटबारे बैठकमा कुनै ब्रिफिङ नभएको बताए ।

यसअघि ओलीले पत्र पठाउँदै राष्ट्रपतिमा सघाउन समाजवादीलगायतका दललाई आग्रह गरेका थिए । बुधबारको बैठकमा अन्य समसामयिक राजनीतिक विषयमा छलफलका साथै बिचार विमर्श भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्