काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् ।
केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।
दुईबीचको भेट जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । आज केही मन्त्रीलाई शपथ ग्रहण गराउने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले त्यस बारेमा छलफल गर्न राष्ट्रपति कार्यालय पुगेका हुन् ।







