Logo

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवास पुगे



काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

आज बिहान राष्ट्रपति पौडेललाई भेट्न दाहाल शीतलनिवास पुगेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री दाहालले आजदेखि हुने भारत भ्रमणको जानकारी गराएका थिए । उनले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई जिम्मेवारी तोक्न आग्रह गरेका छन् ।

चार दिने भारत भ्रमणमा प्रधानमन्त्री दाहाल आज दिउँसो १ बजे दिल्ली जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्