Logo

‘राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुभयो, संसदले पनि गर्छ’



काठमाडौँ, ३० साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक अधिकार प्रयोग गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको बताएका छन् ।

राष्ट्रपतिले विधेयक फिर्ता गर्नु हुँदैन थियो भन्ने पक्षमा आफू नरहेको भन्दै उनले संसद्ले पनि आफ्नो अधिकार प्रयोग गर्नसक्ने बताएका छन् ।

विधेयकमाथि गरिएका टिप्पणी के छन्, त्यसलाई अध्ययन गरेर संसदले आफूसँग रहेको अधिकार प्रयोग गर्न सक्ने उनको भनाइ छ । विधेयक फिर्ता गर्नु नै असंवैधानिक कार्य भनेर आलोचना गर्न नहुने गगन बताउँछन् ।

राष्ट्रपतिले फिर्ता गरेको विधेयक संसदले जस्ताको तस्तै पठाउन सक्छ ।

“राष्ट्रपतिले गर्नुभएका टिप्पणी के छन् त्यसमा पार्टी र गठबन्धन सरकारले पनि छलफल गर्छ । हामीले विशेष सोचका साथ पारित गरेर पठाएका छौं, त्यसैले हामी यसमा स्पष्ट छौं,” कांग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले भने, “विधेयक फिर्ता भइसकेपछि दलहरूले धारणा बनाएर अगाडि बढ्छन् ।”

प्रतिक्रिया दिनुहोस्