Logo

राष्ट्रपतिले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ: थापा



फाइल तस्बिर

काठमाडौँ, २५ फागुन । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै देश र नागरिकको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति पदका लागि भएको चुनावमा मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले नयाँ निर्वाचित हुने राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रपति दलबाट अलग हुन नसके राष्ट्रपति पदलाई नै न्याय नहुने उनको भनाइ छ ।

‘लामो समय लोकतान्त्रिक आन्दोलनमा सङ्घर्ष गर्नुभएका रामचन्द्र पौडेल आज राष्ट्रपति पदमा निर्वाचित हुने करिब निश्चित छ’, उनले भने, ‘यसअघिका राष्ट्रपतिबाट भएका कमजोरीबारे उहाँ जानकार हुनुहुन्छ । त्यसैले पनि उहाँ सुरुमा पार्टीबाट मन, वचन र कर्मले अलग हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्