Logo

‘राष्ट्रपतिले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर संविधानको पालना गर्नुभयो’



काठमाडौँ, २४ जेठ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर संविधानको पालना गरेको बताएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको पालना गरेको बताएका हुन् ।

संसद्ले दुई-दुई पटक पारित गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले जुन प्रमाणीकरण गरे, राष्ट्रपतिले संविधानको पालना गरेका छन् । रक्षा गरेका छन् । नागरिकको सन्तानलाई नागरिकता दिन रोक्ने जुन कार्य भएको छ त्यो अन्याय भएको छ,’ उनले भने ।

राष्ट्रपतिले संविधानको रक्षा गरेको पनि उनले बताए । नागरिकको सन्तानलाई नागरिकता नदिएर अन्याय गरिएको उनको भनाइ छ । उनले बजेटलाई सुधार नगर्ने हो भने देशको लागि नै दुर्भाग्य हुने र मुलुकमा द्वन्द्वको सिर्जना हुने बताए ।

प्रतिक्रिया दिनुहोस्