Logo

राष्ट्रपतिले नागरिकलाई टीका लगाइदिने, पूर्वराजाले नलगाइदिने



फाइल तस्बिर

काठमाडौँ, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका लगाइदिने भएकी छन् । राष्ट्रपति कार्यलयमा टीका र प्रसाद प्रदान कार्यक्रम राखेको छ ।

दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ भने तीनदेखि पाँच बजेसम्म अन्यलाई टीका लगाउने कार्यक्रम राखिएको छ ।

तर, यसपालि पूर्व राजा ज्ञानेन्द्र शाहले भने नागरिकलाई टीका नलगाइदिने बताइसकेका छन् । डेङ्गीको महामारी फैलिरहेका बेला पूर्व राजा शाहले टीका नलगाउने निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्