Logo

राष्ट्रपतिले फेरि नागरिकता विधेयक होल्ड गरिदिए के हुन्छ?: प्रचण्ड



काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक संसद्बाट पुन: अघि बढाउँदा अघिल्लो राष्ट्रपतिले जस्तै दुई-दुईपटक विधेयक होल्ड गरिदिए के हुन्छ भन्दै प्रश्न गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सबै प्रक्रिया पुर्याएर राष्ट्रपति कहाँ पठाएपछि अहिलेका राष्ट्रपतिले पनि पहिलेजस्तै विधेयक होल्ड गरे के हुन्छ भन्दै प्रश्न गरेका थिए ।

“हामीले प्रतिनिधि र राष्ट्रियसभाबाट विधेयक पारित गरेर पठायौँ, फेरि दराजमा गएर थन्कियो भने हाम्रो हालत के हुन्छ,” उनले प्रश्न गरे, “हाम्रो लोकतन्त्रको भविष्य के हुन्छ? हाम्रो यो संविधानको भविष्य के हुन्छ? भन्ने प्रश्नलाई सबैले गहिरोसँग विचार गरौँ त ।” यसो भएमा लोकतन्त्र र संविधानविरुद्ध नजिर बस्ने उनले जिकिर गरे । यसले संविधान र व्यवस्थामाथि घात हुने उनको भनाइ छ ।

अहिलेको प्रक्रियाले संविधान र लोकतन्त्र ट्रयाकमा आएको र राष्ट्रपतिले संविधानलाई डिरेल उत्पन्न गराउने खतरा टरेर गएको बताए ।

प्रतिक्रिया दिनुहोस्