काठमाडौँ, ५ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले भने अनुपस्थित रहेको छ ।
राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई छलफलका लागि बोलाएका थिए ।
सबै दलको सहभागिता भए पनि एमाले भने अनुपस्थित छ । एमाले दलका उपनेता सुवास नेम्वाङले बैठकबारे आफूहरुलाई जानकारी नभएको बताएका छन् ।







