Logo

राष्ट्रपतिले भाइटीका लगाइनन्



काठमाडौँ, १० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिइनन् । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।

प्रतिक्रिया दिनुहोस्