Logo

राष्ट्रपतिले सङ्घीय संसद्काे संयुक्त बैठकलाई सम्बाेधन गर्ने



काठमाडौँ, २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई यही माघ २७ गते सम्बोधन गर्ने भएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले माघ २७ गते अपराह्न ३ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुने जानकारी गराएका हुन् ।

नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट संयुक्त सदनलाई सम्बोधन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्