Logo

राष्ट्रपतिविरुद्धको रिटमा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश जारी



काठमाडौँ, ९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

संसदको दुवै सदनबाट दुईपटक बहुमतले पारित भएर गएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको विषयमा न्यायाधीश हरि फुँयालको एकल इजलासले लिखित जवाफ माग गरेको हो ।

शुक्रबारै सुनुवाइ हुने भनिए पनि समय अभावका कारण आजका लागि सारिएको थियो । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि अधिवक्ताहरू सागर बराल, सुनीलरञ्जन सिंह, सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको वर्खिलाफ भएको उल्लेख गरिएको छ । साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्