जनकपुरधाम, ७ असोज । मधेस प्रदेशमा चार दिनदेखि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन भइरहेको छ ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि मधेसवादी दलहरूले निरन्तर रूपमा राष्ट्रपतिविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
राष्ट्रपतिको राजीनामा माग गर्दै शुक्रबार पनि जनकपुरधाम जनक चोकस्थित प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा शुक्रबार भएको प्रदर्शनमा राष्ट्रपति भण्डारीको राजीनामा माग गर्दै नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।
राष्ट्रपतिले एमाले अध्यक्ष केपी शर्मा ओलीको इसारामा नागरिकता विधेयक प्रमाणीकरण नगरेको प्रदर्शनकारीहरूको आरोप छ ।
उनीहरूले ‘राष्ट्रपति राजीनामा देऊ, नागरिकता विधेयक प्रमाणीकरण गर, संविधानलाई पालना गर, संविधान उल्लंघन गर्न पाइँदैन’लगायतका नारा लगाएका थिए ।






