काठमाडौँ, १३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेताहरू शीतलनिवास जाँदै छन् ।
नागरिकता विधेयकका विषयमा छलफलका लागि जान लागेको एक नेताले जानकारी दिए ।
आजै राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री एवं सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका पदाधिकारीले भेटवार्ता गरेका थिए ।







